स्वास्थ्य सचिवमा नर्सिङ प्रशासक श्रेष्ठको नियुक्ति रद्द : गोनानको आपत्ति
नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको नियुक्ति रद्द गरिएकोमा सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)ले आपत्ति जनाएको छ।
आज गोनानले विज्ञप्ति जारी गरी यस विषयमा आपत्ति जनाएको हो ।
प्रमुख अस्पताल नर्सिङ प्रशासक श्रेष्ठलाई गतसाता लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको पदमा नियुक्त गरिएको थियो ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रहनुभएकी ११औँ तहकी श्रेष्ठलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो ।
तर नियुक्ति भएको केही दिनमा नियुक्ति रद्द गरिएको सूचना प्रकाशित भएकोप्रति ध्यानआकर्षण भएको गोनानले जनाएको छ ।
उहाँलाई महिला र नर्स भएकै कारण अपमानित गरी नियुक्ति रद्द गरिएको संघले आरोप लगाएको छ ।
'पदीय जिम्मेवारी दिएर काम दिनु पर्नेमा नामै हटाउनु कस्तो मानसिकता हो ? विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘स्वीकार गर्न सकिन्छ भन्ने वैचारिक आधार खोइ त ?’
यस्तो व्यवहारले पेशागत मर्यादामा पनि प्रश्न चिन्ह खडा गरेको संघको भनाइ छ।
उहाँको नियुक्ति रद्द गर्ने निर्णय अपरिपक्क भएकाले सच्याउन माग गरिएको छ ।
संविधानले अंगिकार गरेको समानुपातिक, समावेसी नीतिलाई अबलम्बन गरी निज श्रेष्ठको नियुक्तिलाई निरन्तरता दिन गोनानले माग गरेको छ ।
तपाईँको अभिमत