क्यान्सरबारे सचेत गराउन अभिनेत्रीले फैलाइन आफ्नै मृत्युको हल्ला
भारतीय अभिनेत्री पुनम पाण्डेले क्यान्सरबारे सचेनता फैलाउन आफ्नै मृत्यु भएको खबर झुट खबर फैलाएको खुलासा भएको छ।
अभिनेत्री पाण्डेको मृत्यु भएको कुरा शुक्रबार बिहानबाट सामाजिक सञ्जालमार्फत फैलिएको थियो। पाण्डेको इन्स्टाग्रामा शुक्रबार बिहान गरिएको पोस्टमा पाठेघरको मुखको क्यान्सरबाट पाण्डेको मृत्यु भएको जानकारी दिइएको थियो।
'आजको बिहान हाम्रा लागि निकै कठिन छ’ पाण्डेको मृत्यु भएको भनी गरिएको उक्त पोस्टमा भनिएको छ, ‘तपाईहरुलाई यो बताइरहँदा निकै दुख लागेको छ। हामीले हाम्री प्यारी पुनमलाई पाठेघरको मुखको क्यान्सरका कारण गुमाएका छौँ। हरेक जीवित प्राणी जसले उनीसँग सम्पर्कमा आए। उनीहरुले एक विशुद्ध प्रेम र दया प्राप्त गरे। जब हामी यो दुखद् घडीमा जब उनलाई प्रेमपूर्वक याद गर्छौँ, हामी गोपनीयताका लागि अनुरोध गर्छौँ।’
सूचनाको अन्तिममा सबैको जानकारीका लागि भनेर लेखिएको थियो।
उनको भेरिफाइड अकाउन्टबाट सूचना आएपछि सबैले अभिनेत्री पाण्डेको मृत्यु भएको स्वीकार गरे।
मृत्युको खबर संसारभर फैलिसकेपछि आज दिउँसो पाण्डेले आफू जीवितै रहेको जानकारी दिएकी हुन्
इन्स्टाग्राममै भिडियो सन्देश पोस्ट गर्दै उनले आफू जीवित रहेको जानकारी दिएकी छिन्।
उनले पाठेघरको मुखको क्यान्सरबारे सचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गर्नुपरेको स्पष्टीकरण दिएकी छिन्।
उनले भिडियो सन्देशमा भनेकी छिन्–म जिउँदै छु। पाठेघरको मुखको क्यान्सरका कारण मेरो मृत्यु हुनसक्दैन। अरु महिलाहरुको बारेमा म यो भन्न सक्दिन।
यस क्यान्सरबाट बच्न के गर्नुपर्छ भन्ने थाहा नहुँदा धेरै महिलाले ज्यान गुमाएको पुनमको भनाइ छ। यो अरु क्यान्सर जस्तो नभएको आफूले नियन्त्रण गर्न सक्ने रहेको पनि उनले बताएकी छिन्।
‘यो रोक्न सकिन्छ। खाली यसको जाँच गराउनुपर्यो। एचपीभी खोप लगाउनु पर्यो। हामी यो सबै गर्न सक्छौँ। ताकि यो बिरामीबाट कसैले ज्यान गुमाउनु नपरोस्’ भिडियो सन्देशमा पुनमले भनेकी छिन्।
पुनम आइतबार बिहान १० बजे लाइभमा यसबारे जानकारी दिन खोजेकी थिइन्। आफ्नो मृत्युको खबरले व्यक्तिहरु हैरान भएको र दुविधामा परेको भएर आजै खुलासा गरेको उनले बताएकी छिन्।
भारतीय मिडियाले दिएको जानकारी अनुसार पुनम अहिले महाराष्ट्रको पुने जिल्लास्थित पर्यटकीय क्षेत्र लोनाबाला भन्ने ठाउँमा छिन्।
तपाईँको अभिमत