पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य परीक्षण आज हुँदै

अ +
अ -
दिल्ली । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आज स्वास्थ्य परीक्षण हुने भएको छ ।
भारतको नयाँ दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा स्वास्थ्य परीक्षण हुन लागेको हो ।
आज दिउँसो साढे १ बजे उहाँको स्वास्थ्य परीक्षण हुने बताइएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।
पेटमा भएको समस्याका कारण उहाँले निदान अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिरहनु भएको थियो । उहाँमा न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएपछि चिकित्सकको सल्लाहमा आइतबार परीक्षण गर्न उहाँ दिल्ली जानुभएको हो ।
तपाईँको अभिमत