क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त
अ +
अ -
काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त हुनुभएको छ । कोरोना संक्रमण भएको करिब १० दिनपछि उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो ।
‘भर्खरै गरेको कोभिड–१९ परीक्षणमा नेगेटिभ आएको जानकारी गराउँछु’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यका लागि प्रार्थना गर्नुहुने हजारौँ तथा विशेषगरी अनिश बानियाँलाई दाइलाई धन्यवाद नदिरहन सक्दिन ।’
उहाँले खेलमैदानमा उत्रिन आफू आतुर रहेको बताउनुभएको छ । उहाँले जति सक्दो आफ्नो टिमका लागि सक्दो राम्रो गर्ने बताउनुभएको छ ।
लामिछाने मंसिर १२ गतेदेखि आइसोलेसनमा हुनुहुन्थ्यो । उहाँमा १० गतेदेखि जीउ दुख्नेलगायतका लक्षणहरू देखा परेका थिए ।
तपाईँको अभिमत