काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्कियो, एक जना घाइते

अ +
अ -
काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एक जना घाइते भएका छन् ।
बुधबार बिहान ७ः५० बजे बौद्ध पिपलबोट नजिकै गुडिरहेको अवस्थामा बाबा गोकर्णेश्वर बसको इन्जिन पड्किएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार बसको इन्जिन पडिकँदा बसका सहचालक घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा रहेका छन् ।
लामाको जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । बस प्रहरी नियन्त्रणमा रहेको छ । प्रहरीले घटनाको बरेमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईँको अभिमत