२०८० सालमा कुन–कुन दिन छ सार्वजनिक विदा ?

नेपाल सरकार गृह मन्त्रालयले आगामी साल २०८० मा हुने सार्वजनिक विदाको टुंगो लगाएको छ । २०८० मा हुने सार्वजनिक विदाको सूचना गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको छ।
राजपत्रका प्रकाशित सूचना अनुसार २०८० सालमा शनिबार ५२ दिन विदा छ । यस बाहेक देशभर हुने सार्वजनिक विदामा
पर्वको विदा २४ दिन दिइएको छ । दिवस विदा ६ दिन, जन्मजयन्ती विदा २ दिन तोकिएको छ ।
अन्य अवस्थामा धर्म तथा जातिविशेषका विदा, महिला तथा पेशागत विदाहरु तोकिएका छन् । प्रदेश सरकार तथा स्थानीय सरकारले आफ्नो आवश्यकता अनुसार विदा दिन सक्ने राजपत्रमा उल्लेख छ ।
विदाको बेलामा अस्पताल, दूरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेटसमेत), अध्यागमन, फोहोरमैला व्यवस्थापन, फायरब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमा समेत दैनिक काम नरोकिने राजपत्रमा उल्लेख छ ।
यस्तो विदामा काम गरेबापत कर्मचारीलाई सट्टा विदा दिइने उल्लेख गरिएको छ ।
तपाईँको अभिमत