चीनमा नयाँ भाइरस फेला, कोरोनाको भन्दा मृत्युदर बढी
चीनमा जनावरबाट मानिसमा सर्ने नयाँ प्रकारको भाइरस देखिएको छ । पूर्वी चीनको शान्दोङ प्रान्त र केन्द्रिय प्रान्त हेनानमा हेनिपाभाइरसका संक्रमित फेला परेका छन् । हालसम्म ३५ जनालाई हेनिपाभाइरसको पुष्टि भएको ग्लोबल टाइम्समा समाचार छ ।
ज्वरो आएका संक्रमितको घाँटीको स्वाबको परीक्षण गर्दा हेपिनोभाइरस पुष्टि भएको हो । संक्रमित सबै जनावरको सम्पर्कमा रहेको बुझिएको छ । ज्वरोका केसका बारेमा अध्ययन हुनपर्ने विज्ञहरुले बताएका छन् ।
संक्रमितहरुमा ज्वरो आउने, छट्पट्टीपना, खोकी, एनोरेक्सिया, मायाल्जिया, वाकवाकी, टाउको दुखाइ र बान्ता हुने लक्षणहरु देखिएका छन् ।
हेनिपाभाइरस एसिया प्रशान्त क्षेत्रमा जुनोसिस जनावरबाट मानिसमा सर्ने रोगको उदयमानको प्रमुख कारणमध्ये एक मानिन्छ । हेन्ड्रा र निपाह भाइरस हेनिपोभाइरसकै बंश रहेको साथै यो चमेराबाटै सर्ने उल्लेख गरिएको छ ।
हेनिपाभाइरसले मानिस र जनावर दुबैलाई गम्भिर बनाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको संक्रमणबाट हुने मृत्युदर कोरोनाभाइरसको भन्दा बढी हुन्छ । हेनिपाभाइरस विरुद्ध अहिलेसम्म कुनै खोप छैन तर संक्रमितलाई थप जटिलताबाट जोगाउन उपचार गरिन्छ ।
पहिलोपटक कोरोना भाइरस पनि चीनमा नै भेटिएको थियो ।
तपाईँको अभिमत