टर्कीमा फेरि शक्तिशाली भूकम्प, कम्तिमा तीन जनाको मृत्यु, सयौँ घाइते

फाइल तस्बिर
अ +
अ -
शक्तिशाली भूकम्प आएको दुई सातापछि टर्कीमा अर्को शक्तिशाली भूकम्प आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्की र सिरियाको सिमा क्षेत्रमा भूकम्प आउँदा कम्तिमा तीन जनाको ज्यान गएको छ ।
सोमबार टर्कीको दक्षिणी प्रान्तमा ६.४ रेक्टर स्केलको भूकम्प आएको बताइएको छ । भूकम्पको गहिराई २ किलोमिटर मात्र रहेको समाचारमा जनाइएको छ ।
भूकम्पमा तीनको ज्यान गएको र २ सय जना घाइते भएको टर्कीका गृहमन्त्रीले जनाएका छन् । भूकम्प राती ८ बजे आएको थियो ।
पछिल्लो भूकम्पपछि नागरिकहरू थप त्रासमा रहेका छन् ।
यसअघि आएको भूकम्पमा परी ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
तपाईँको अभिमत