नम्र व्यवहार र दया भाव भएका व्यक्तिको आयू बढ्ने
दयालु मानिसको चाँडै मृत्यु हुने सम्भावना २४ प्रतिशतले कम

हरेक दिन दया भाव जागृत भई अरूलाई सहयोग गर्ने मानिसको स्वास्थ्य सामान्य मानिसको भन्दा राम्रो हुने अध्ययनले देखाएको छ । नम्र व्यवहार, स्वयंसेवा, चन्दा सहयोग तथा हरेक दिनको दयालु व्यवहारले मुटुसँग सम्बन्धित रोगबाट जोगाउने देखिएको हो ।
अरूलाई सधैँ सहयोग गर्ने मानिसको चाँडै मृत्यु हुने जोखिम २४ प्रतिशतसम्म कम हुने अध्ययनले देखाएको छ । त्यस्तै सहयोगी मानिसको अस्पताल भर्ना हुने सम्भावना ३८ प्रतिशतसम्म कम हुने सो अध्ययनले देखाएको छ ।
दया भावले सधैँ सकारात्मक सोच पैदा हुने र सकारात्मक सोचले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन् ।
दया भावका फाइदाहरू
असल हर्मोन उत्पादन : कसैलाई सहयोग गर्दा तपाईँलाई खुसी महसुस हुन्छ । यसले दिमागमा पनि आनन्द पैदा गराउँछ ।
डर, त्रास हटाइदिन्छ : कसैप्रतिको दया वा सहयोगले तपाईँमा भएको डर वा त्रासलाई मेटाइदिन्छ । तपाईँका मनोभावनालाई दरो बनाइदिन्छ । तपाईँमा आत्मविश्वास पनि बढेर आउँछ ।
दयाले मुटुमा सकारात्मक प्रभाव : दया भावले मुटुमा न्यानो स्पर्श गर्छ । अरूप्रतिको दया भावले मुटुमा रसायनलाई सन्तुलित गराउँछ । यसले मुटुजन्य रोगबाट टाढा रहन मद्दत गर्छ ।
तनाव कम गराउँछ : सधैँ व्यस्त रहँदा वा सोचे भन्दा फरक काम हुँदा तनाव हुन्छ । यस्तो बेला तनाव कम गर्ने सजिलो उपाय अरूलाई सहयोग गर्नु हो । अरूलाई सहयोग गर्दा तनाव घटेर जान्छ ।
बिरामी हुनबाट जोगाउँछ : दयाले बिरामी हुनबाट जोगाउँछ । एक अध्ययनका अनुसार ५७ देखि ८५ वर्ष उमेरका मानिसले स्वयंसेवा गर्दा मधुमेह, क्यान्सर लगायतका दीर्घ रोगको जोखिम कम देखिएको छ ।
(एजेन्सीहरूको सहयोगमा)
तपाईँको अभिमत