प्रधानमन्त्री र २१ मन्त्रीले लिए शपथ, कस-कसले पाए कुन-कुन मन्त्रालय ?

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । केहीबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिनुभएको हो ।
प्रधानमन्त्री ओलीले आजै २१ मन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीपछि नव नियुक्त मन्त्रीले पनि शपथग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नव नियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराउनुभएको हो ।
२ जना उप-प्रधानमन्त्रीसहित २१ मन्त्री नियुक्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल नियुक्त हुनुभएको छ ।
नव नियुक्त मन्त्रीको सूची
१. प्रकाशमान सिंह : उपप्रधान तथा शहरी विकास
२. विष्णु पौडेल : उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक : गृह
५. प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या
६. आरजु राणा : परराष्ट्र
७. शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
८. बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९. दामोदार भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२. विद्या भट्टराई : शिक्षा, विज्ञान तथा प्रविधि
१३. अजय कुमार चौरसिया : कानुन, न्याय तथा संसदीय मामिला
१४. तेजुलाल चौधरी : युवा तथा खेलकुद
१५. मानवीर राई : रक्षा
१६. दीपक खड्का : ऊर्जा
१७. राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही : वन तथा वातावरण
१९. बद्री पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२०. प्रदीप यादव : खानेपानी
२१. रामनाथ अधिकारी : कृषि तथा पशुपन्छी
तपाईँको अभिमत