सार्वजनिक स्थलमा प्रवेशका लागि 'कोरोना नेगेटिभ' अनिवार्य
चीनको बेइजिङका सार्वजनिक स्थलमा प्रवेश गर्न अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएको छ । पछिल्लो समय संक्रमण बढेसँगै सकारले सार्वजनिक स्थलमा प्रवेश गर्न अनिवार्य कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्ने प्रावधान बनाएको हो ।
यो प्रावधान कतिन्जेलसम्मका लागि हो भन्ने विषय भने स्पष्ट भएको छैन । तर पछिल्लो समय पाँच दिनको सार्वजनिक विदापछि यस्तो प्रावधान सरकारले गरेको हो ।
यसैगरी सार्वजनिक यातायातमा पनि कोभिड नेगेटिभको रिपोर्ट अनिवार्य गरिएको छ । सो प्रावधान ५ मेदेखि लागू हुने बीबीसीमा समाचार छ ।
पछिल्लो समय चीनका विभिन्न प्रान्तमा कोरोना भाइरस तीव्र फैलिन थालेसँगै विभिन्न किसिमका प्रतिबन्धहरू लगाइएका हुन् । सांघाइमा संक्रमण नियन्त्रण गर्न पाँच साता बढीदेखि लकडाउन गरिएको छ । चीनले ‘जिरो–कोभिड’ नीति लिएसँगै कोरोनाविरुद्ध कठोर प्रतिबन्धात्मक कदम चाल्दै आएको छ ।
तपाईँको अभिमत