युरोपमा कोरोना संक्रमणको तेस्रो लहर, आंशिक लकडाउन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि युरोपका देशहरुमा पुनः लकडाउन गरिएको छ । पोल्याण्ड, फ्रान्स र युक्रेनमा आंशिक रुपमा लकडाउन गरिएको छ । यी देशहरुमा पसलहरु बन्द गरिएका छन् भने घरबाट नै कार्यालयको काम गर्न अनुरोध गरिएको छ ।
युरोपियन केही मुलुकहरुमा कोरोना विरुद्धको खोप अभियान रोकिरहेका बेला संक्रमणको तेस्रो लहरको सामना गरिरहेका छन् । पेरिससहित देशका उत्तरी भागमा संक्रमण बढेपछि फ्रान्समा अत्यावश्यकबाहेकका व्यवसायहरु बन्द गरिएका छन् ।
घर र विद्यालयको १० मिटरको दुरी बीचमा मात्रै बाहिरी प्राक्टिकल गर्न अनुमति दिइएको छ । घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा निस्कन पर्नुको कारण बताउनुपर्ने नयाँ नियम कायम गरिएको छ ।
तपाईँको अभिमत