मेडिकल व्यवसायी प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईँ झापाबाट पक्राउ परेसँगै काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको जनाइएको छ ।
तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । एक पत्रकार र अर्का प्रदर्शनकारीको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी, निजी घरमा समेत आगजनी तथा तोडफोड भएको थियो । त्यस्तै सञ्चारगृह एवम् भाटभटेनी सुपर स्टोरमा पनि तोडफोड तथा चोरी भएको थियो ।
प्रदर्शनको नेतृत्व गर्नुभएका प्रसाईँ फरार हुनुहुन्थ्यो ।
तपाईँको अभिमत