बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा ३ जना स्वास्थ्य क्षेत्रका
बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।
उक्त सूचीमा नोबेल शान्ति पुरस्कार विजेता, कलाकार, ओलिम्पिक खेलाडी,गायिका, पत्रकार,डाक्टर लगायत रहेका छन् ।
बीबीसी १०० विमिनले यो वर्ष महिलाहरूले बेहोर्नुपरेको समस्याको भारलाई उजागर गर्दै आफ्नो सहनशील क्षमताको उपयोग गरेर उनीहरूको वरपरको विश्व परिवर्तन हुँदै जाँदा त्यसैअनुरूप परिवर्तनका लागि अघि बढ्न गरेको प्रयासको कदर गरि प्रेरक तथा प्रभावशाली महिलाको सूची तयार पारेको जनाएको छ ।
उक्त सूचीमा ३ जना स्वास्थ्य क्षेत्रका रहेका छन् । उहाँहरुको दक्षताबारे तल उल्लेख गरिएको छ ।
अमान्डा जुुराउस्की, संयुक्त राज्य अमेरिका
प्रजनन अधिकार पैरवीकर्ता
सन् २०२२ को अगस्टमा अमान्डा जुराउस्कीले आफ्नो गर्भ खेर जान लागेको थाहा पाउनुभयो। डाक्टरले उहाँको भ्रूण बाँच्न नसक्ने बताएका थिए।
जुराउस्की टेक्ससमा बस्नुहुन्छ र उहाँलाई गर्भपतन गर्न मनाही गरिएको थियो। दुई महिनाअघि सर्वोच्च अदालतले रो भर्सस वेडलाई उल्ट्याएपछि राज्यले बिरामीको ज्यान जोखिममा परेको अवस्थामा बाहेक अन्य प्रक्रियामा प्रतिबन्ध लगाएको थियो। त्यसको तीन दिनपछि उहाँ रक्तचाप घटेर सेप्टिक शकुको अवस्थामा पुग्नुभयो। ज्यान जोखिममा परेपछि अन्ततः उहाँको गर्भपतन गराइयो।
महिलाहरूले गर्भपतन गर्न अस्वीकार गरेको उल्ट्याएपछि मार्च २०२३ मा जुराउस्की र उहाँ जस्तै अन्य १९ महिलाले राज्यविरुद्ध मुद्दा दायर गरे। टेक्ससको सर्वोच्च अदालतले गर्भपतनप्रतिबन्धको चुनौती अस्वीकार गरेको छ।
उहाँले प्रजनन अधिकार पुनर्स्थापना र रक्षाका लागि प्रतिबद्ध रहने प्रण गर्नुभयो ।
शिरीन आवेद, प्यालेस्टिनी भूभाग
बालरोग विशेषज्ञ
बम आक्रमण हुँदा र स्रोतसाधनको चरम अभाव हुँदा पनि शिरीन आवेदले गाजामा जन्मेका शिशुहरूको स्याहार गर्न छोड्नुभएन ।
सन् २०२३ मा इजरेल(गाजा युद्ध सुरु भएपछि उहाँ बस्ने भवन ध्वस्त भएपछि आवेद विस्थापित हुनुभयो। तर ती बालरोग विशेषज्ञले नजिकैको शिविरमा बसेर भए पनि नवजात शिशुहरूको हेरचाह गरि रहनुभयो ।
गाजाका प्रमुख अस्पतालहरूमा नवजात एकाइहरूमा वर्षौं काम गर्नुभएकस् विशेषतः भर्खरै अलशिफा मेडिकल कम्प्लेक्समा प्रसूति केन्द्रको निर्देशकको अनुभव बटुलु भएकी उहाँले आपत्कालीन कार्यविधि बनाउनु भयो। त्यसले चिकित्सकहरूलाई सीमित स्रोत र साधन उपलब्ध हुँदा जीवनरक्षा गर्ने उपचार प्रदान गर्न सक्षम बनाउँछ र त्यसका लागि अन्य चिकित्सकहरूलाई प्रशिक्षित गर्छ।
विभिन्न व्यवधानका कारण उहाँ आफ्ना दुई छोरीसहित यो र्षको सुरुतिर गाजाबाट बाहिर जानुभयो। तर उहाँले चिकित्सहरूलाई टाढैबाट सघाउन छोड्नुभएको छैन ।
जोर्जिना लङ, अस्ट्रेलिया
मेडिकल अङ्कोलजिस्ट
लक्षित थेरपीहरू र इम्युनो(अङ्कोलजीुका माध्यमबाट जोर्जिना लङ क्यान्सरबाट हुने मृत्यु रोक्न चाहनुहुन्छ ।
लङ मेलानोमा इन्स्टिच्यूट अस्ट्रेलियाकी सहसंयोजक हुनुन्छ। उहाँ सन् २०२४ मा विश्वकै पहिलो पटक आफ्ना सहकर्मी रिचर्ड स्कोलिअररका निम्ति मिलेर उपचार योजना बनाएपछि चर्चामा आउनुभएन, जसका कारण उहाँ क्यान्सरमुक्त हुनुभयो। स्कोलिअरलाई छिटोछिटो बढ्ने प्रकृतिको विशेष खालको मस्तिष्कको क्यान्सर भएको थियो।
उहाँको समूहले जसमा बिरामीसमेत सामेल छन्(ट्युमर हटाउन शल्यक्रिया गर्नुअघि संयुक्त रूपमा औषधिहरू प्रयोग गर्दा इम्युनोथेरापी)ले राम्ररी काम गर्ने पत्ता लगाएका छन्।
उहाँको नवीन कार्य मेलानोमाको कैयौँ वर्ष लामो शोधबाट प्रेरित छ, जसलाई छालाको क्यान्सर भएको भनी निदान भएका हजारौँ रोगीको ज्यान बचाएको श्रेय दिइन्छ।
तपाईँको अभिमत