अचम्मको मन्दिर, जहाँ चढाइन्छ चाउचाउ र चाउमिनको भोग
अ +
अ -
नेपालमा धर्म र जातका आधारमा विभिन्न समुदाय बस्दै आएका छन् । उनीहरुको धर्म र परम्परा पनि विविध किसिमको छ ।
कसैले दूध, मिठाइ चढाउछन् भने कसैले रक्सी र मासु नै चढाउने गरेका छन् । तर छिमेकी मुलुक भारतको एक मन्दिरमा चाउचाउ र चाउमिनको भोग चढाउने गरिएको छ ।
यहाँ भक्तलाई प्रसादका रुपमा भारतीय खानेकुरा दिने गरिन्छ । यो अचम्मको मन्दिरको नाम काली माता रहेको छ । स्मरण रहोस नेपालका काली मन्दिरमा जनावरको भोग चढाइन्छ ।
यो काली माताको मन्दिर पश्चिम बंगालको टेन्गरामा छ । यहाँ ठूलो संख्यामा हिन्दु भक्तसँगै चिनियाँ र बौध धर्मसँग सम्बन्धित मानिस पनि दर्शनका लागि आउने गर्छन् ।
यस्तै अचम्मका कारण यो मन्दिरमा प्रसादको रुपमा चाउचाउ, भुटेको भात र चाउमिन तथा मन्चुरियन दिने गरिन्छ ।
तपाईँको अभिमत