चिसोका कारण हुने पर्निओसिस् के हो, कसरी जोगिने ?(भिडियो)

जाडो सुरु हुनुभन्दा केही हप्ता अगाडिदेखि नै चिसोमा देखिने भागहरु नाक, कान र हात खुट्टाका औंलाहरु सुन्निने तथा चिलाउने समस्या देखिन्छन् ।
प्रत्येक वर्ष यो समयमा चिसोको रियाक्सनले गर्दा नाक, कान तथा औंलाहरु सुन्निने, चिलाउने, गाँठा जस्तो देखिने समस्या लिएर धेरै बिरामीहरु स्वास्थ्य संस्था पुग्छन् । औंलाहरुमा पानीका फोकाहरु देखिन्छन् । यसलाई पर्निओसिस भनिन्छ यो समस्यालाई छालाको एलर्जी पनि भन्ने गरिन्छ ।
बेलैमा उपचार भएन भने कहिलेकाँही ती फोकाहरु फुट्छन् पनि । त्यसैले चिसो सुरु हुनेबित्तिकै बाक्लो मोजा, पञ्जा लगाउने गर्नुपर्छ । बिहान, साँझ चिसोमा बाहिर कम निस्कनुपर्छ ।
चिसोमा हात सेकाउन हात खुट्टलाई आगो या हिटरको नजिकै राखेर सेकाउने पनि गरिन्छ तर त्यसो गर्नु हुँदैन । चिसोको एलर्जी हुनेहरुलाई आगो र हिटरको नजिकै राखेर हातखुट्टा सेकाउँदा झन् छाला चिलाउने समस्या देखिन्छ ।
चिसो याममा छालासम्बन्धी समस्याहरू धेरै हुने गर्छन् । चिसोले छाला सुख्खा हुने, सुन्निने, हात, खुट्टामा फोका आउनेजस्ता समस्याले पुरुषका तुलनामा महिलाहरूलाई धेरै पिरोल्ने गर्दछ । पानीको प्रयोग जस्तै- भाडा माझ्ने, लुगा धुने काममा बढी सहभागी हुने भएकाले महिलामा बढी यो समस्या देखिन्छ ।
हातखुट्टा सुन्निने, दुख्ने, रातो फोका आउनेजस्ता समस्या के हो, यस्तो समस्या किन हुन्छ, कसरी बच्न सकिन्छ ? थप जानकारीका लागि डा.अनुपमा कार्कीलाई सुनौँ ।
तपाईँको अभिमत