स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह
अ +
अ -
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह नियुक्त हुनु भएको छ ।
भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा सिंहलाई महानिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
२ दिन अगाडि निर्णय भएपनि आफुले आजैमात्र पत्र पाएको बताउँदै सिंहले आजैबाट नयाँ जिम्मेवारी सम्हाल्ने बताउनुभयो । विभागको महानिर्देशक पद १२ औँ तहको हो ।
यसअघि स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १९ गते १२ औँ तहका सिंहलाई मन्त्रालय तानेर ११ औँ तहका डा. आरपी बिच्छालाई विभागको महानिर्देशक बनाउनुभएको थियो । देउवाको यो निर्णयको चौतर्फी विरोध भएको थियो ।
तपाईँको अभिमत