वीर अस्पतालका चिकित्सकमाथि कुटपिट

अ +
अ -
वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । शुक्रबार अपरान्ह शल्यक्रिया कक्षमै चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार शल्यक्रियामा कक्षमा रहनुभएका प्राध्यापक डा. शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।
घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ ।
कुटपिटमा संलग्नलाई कारबाही गर्न अस्पतालले माग गरेको छ ।
तपाईँको अभिमत