बाँकेमा झाडापखालाबाट एकै गाउँका ४ जनाको मृत्यु
अ +
अ -
बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा एक्कासी झाडापखाला फैलिएको हो ।
झाडापखालाबाट १० जना भन्दा बढी बिरामी परेका छन् । आइतबार मात्रै ४ जनाको मृत्यु भएको नरैनापुर गाउँपालिका–३ का वडाअध्यक्ष अजय मिश्राले जानकारी दिए ।
मिश्राका अनुसार मृत्यु हुनेमा २५ वर्षीया रुसा पासी, डेढ वर्षकी नन्दनी पासी, १० वर्षीय यूसुफ अली र ६० वर्षीया शान्ति पासी रहेका छन्।
उक्त गाउँ भारतीय सीमासँग जोडिएको छ । झाडापखाला फैलिएको जानकारी पाउनसाथ स्वास्थ्यकर्मीको टोली पुगेर उपचार सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
फोहोर पानीका कारण झाडापखाला फैलिएको स्वास्थ्यकर्मीको अनुमान छ ।
तपाईँको अभिमत