आयुर्वेदका अधिकारीहरूलाई स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो– सुधार गर्न सक्नुहुन्न भने पद ओगटेर नबस्नुस्
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आयुर्वेद संवद्ध संस्थाको नेतृत्वमा रहेका कर्मचारीलाई पद ओगटेर नबस्न भन्नुभएको छ । मन्त्रालयमा आयुर्वेद सम्बद्ध अधिकारीहरूसँगको बैठकमा सुधार गर्न नसक्ने भए पद ओगटेर बस्न नहुने बताउनुभएको हो ।
मन्त्री पौडेलले एक साताभित्र सुधारका प्रष्ट योजना ल्याउन र नल्याए मार्ग प्रशस्त गर्न भन्नुभएको हो ।
उहाँले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताउनुभयो। ‘सकेसम्म सुधार गरौं,’ उहाँले भन्नुभयो, ‘तर डुबाउने गरी पदमा नबसौँ।’
तपाईँको अभिमत