आजको मौसम : तराईमा हुस्सु, यी तीन प्रदेशमा हिमपातको सम्भावना

अ +
अ -
मुलुकको तराई क्षेत्रमा बिहानीपख बाक्लो हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही प्रदेशका उच्च पहाडी भूभाग र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।
हिमपात र हुस्सुका कारण दैनिक जीवनमा असर पर्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
तपाईँको अभिमत