मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, आज अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

अ +
अ -
पछिल्लो समय मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अधिकांश प्रदेशमा आज भारी वर्षाको सम्भावना देखिएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी र वागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थान र राति यी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण हुनसक्ने जोखिमबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
तपाईँको अभिमत