बाढीको 'डेमो' देखाउन खोज्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

बाढी आएका बेला कसरी उद्धार गर्ने भन्ने नमुना अभ्यास गर्ने क्रममा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । बझाङमा नमुना अभ्यासका क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक केदास्यु गाउँपालिका ७ का नरेन्द्रसिंह धामी हुन् । उनी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।
सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धार सम्बन्धि नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।
सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धि नमुना अभ्यास गराइरहेको थियो ।
तपाईँको अभिमत