नवनियुक्त स्वास्थ्य मन्त्रीद्वारा खादा, माला लगाउन अस्वीकार

अ +
अ -
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माला र खादा लगाउन अस्वीकार गर्नुभएको छ । आज दिउँसो शितल निवासमा शपथग्रहण गरी मन्त्रालय पुग्नुभएका पौडेलले स्वागत गर्न बसेकाहरुबाट माला र खादा लगाउन मान्नु भएन।
मन्त्री पौडेललाई स्वागत गर्न मन्त्रालयको प्रांगणमा ठूलो भीड लागेको थियो । स्वास्थ्य मन्त्रालयका सचिवसहित कर्मचारी, अस्पताल तथा विभागहरुका प्रमुख लगायत मन्त्रीलाई स्वागत गर्न खादा माला लिएर बस्नु भएको थियो । तर मन्त्री पौडेलले कसैबाट पनि माला र खादा लगाउनु भएन
तपाईँको अभिमत