सरकारी जागिरे नर्स स्ववियु चुनावमा उम्मेदवार बनेपछि विवाद

पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियुका उम्मेदवार।
त्रिभुवन विश्वविद्यालयमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन हुँदैछ।सरकारी जागिरे नर्सले स्ववियू निर्वाचनमा उम्मेदवारी दिएपछि विवाद उत्पन्न भएको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको पोखरा नर्सिङ क्याम्पसमा विवाद देखिएको हो । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट उम्मदेवारी दिएका २ जना सरकारी जागिर रहेको प्रमाणित भएको छ ।
एमाले अखिलको तर्फबाट सभापति पदमा उम्मेदवारी दिनुभएकी अञ्जना अधिकारी र कोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी दीपिका धितालको विषयमा विवाद देखिएको हो ।
अध्यक्षकी उम्मेदवार अञ्जना म्याग्दीको बेली अस्पतालमा नर्सिङ निरीक्षक पदमा कार्यरत रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार अञ्जनाको निजामती किताबखानाको कर्मचारी संकेत नम्बर २२२८४८ हो । स्थायी कर्मचारी अञ्जनाले अस्पतालमा अध्ययन विदा लिएर पोखरा नर्सिङ क्याम्पसमा बीएनएस अध्ययन गर्दै हुनुहुन्छ।
उहाँले सरकारी छात्रवृत्तिमा तलबसहित अध्ययन गरिरहनुभएको छ।
दीपिका रुकुमपूर्व जिल्ला अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत रहेको अस्पतालले जानकारी दिएको छ । रुकुमपूर्व अस्पतालका अनुसार उहाँको निजामती किताबखानाको कर्मचारी संकेत नम्बर २२१०२४ हो ।
दीपिकाले पनि अध्ययन विदा लिनुभएको छ । उहाँ पीबीबीएन अध्ययनरत हुनुहुन्छ ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसं)ले अन्जना र दीपिका उम्मेदवार बन्न नपाउने भन्दै विरोध जनाएको छ। उनीहरूको उम्मेदवारी खारेज गर्न प्रयास गरिरहेको छ।

दोहोरो सरकारी सेवा लिइरहेका स्थायी कर्मचारीलाई स्ववियुको उम्मेवार बनाइएकोमा नेविसंको तर्फबाट सभापति उम्मेदवार अनुष्ठा चापागाईं र कोषाध्यक्षको उम्मेदवार कृष्टिना कायस्थले दावी विरोध प्रस्तुत गर्नुभएको थियो ।
चिकित्सा शास्त्र अध्ययन सस्थान निर्वाचन समिति संयोजक शारदा शर्माले उनीहरु सरकारी कर्मचारी भन्ने थाहा नभएको र उम्मेदवारी कायम रहेको बताउनुभयो ।
वेवास्ता गरी उम्मेदवारी कायम भएपछि आफूहरु अदालत जाने तयारीमा रहेको अनुष्ठा र कृष्टिनाले जानकारी दिनुभएको छ।
तपाईँको अभिमत