औषधी पसल र प्रयोगशालाका कर्मचारीलाई पनि पहिलो चरणमै कोरोना खोप दिइने
शिक्षक र सार्वजनिक सवारी चालकलाई दोस्रो चरणमा दिइने

काठमाडौं । दर्ता भएका औषधी पसलमा काम गर्ने कर्मचारीलाई पनि कोरोना खोप अभियानको पहिलो चरणमै खोप दिइने भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको सचिव, विशेषज्ञ तथा महाशाखा प्रमुखसहितको बैठकले दर्ता भएका औषधी पसल, प्रयोगशालामा कार्यरत कर्मचारी तथा सफाइकर्मी लगायतलाई पहिलो चरणमै खोप लगाउने निर्णय गरेको हो ।
‘जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधी पसलमा कार्यरत र प्रयोगशालामा कार्य गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीहरूलाई समेत यही चरणमा खोप उपलब्ध गराउने’ बैठकपछि निर्णय सार्वजनिक गर्दै भनेको छ ।
यसैगरी प्राध्यापक, शिक्षक, विश्वविद्यालय तथा विद्यालयका कर्मचारी र सार्वजनिक सवारी चालक तथा सहचालकलाई दोस्रो चरणमा खोप दिने मन्त्रालयले निर्णय गरेको छ । दोस्रो चरणमा ५५ वर्षभन्दा माथि उमेर समूहकालाई समेत खोप दिइने यसअघि नै निर्णय भएको छ ।
तपाईँको अभिमत