देशभर थपिए १३०४ काेराेना संक्रमित, २०७३ जना काेराेनामुक्त

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३०४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०४ लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख १६ हजार ५९४ जना निको भएका छन् । २४ घण्टामा २०७३ जनाले कोरोना जिते ।
यस्तै २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।
तपाईँको अभिमत