थप ८९ जनालाई कोरोना पुष्टि, ९५ जना संक्रमणमुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा २१ सय १ जनाको पीसीआर परीक्षण हुँदा ८९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९५ जना संक्रमणमुक्त भएका छन् भने कोही संक्रमितको मृत्यु भएको छैन ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ ।
जसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् भने ३ हजार २७ जनाको मृत्यु भएको छ । अहिले १२ सय ८२ जना सक्रिय संक्रमित छन् भने ५७ जना क्वारेन्टिनमा छन् ।
तपाईँको अभिमत