गन्ध थाहा नपाएका संक्रमितको एन्टीबडी अन्यको भन्दा १० गुणाबढी : अध्ययन
लक्षण देखिएका कोरोना संक्रमितको एन्टीबडी धेरै

काठमाडौं । सुँघ्ने क्षमतामा ह्रास आएका कोरोना संक्रमितहरुमा एन्टीबडी अन्यको तुलनामा १० गुणा बढी रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको 'काठमाडौं उपत्यकामा कोभिड–१९ को सेरो इपिडिमियोलोजी' अध्ययनले यस्तो देखाएको हो ।
अध्ययनमा सुँघ्ने शक्ति नहराएको व्यक्तिमा सुँघ्ने शक्ति हराएको व्यक्तिमाभन्दा १०.३ गुणा धेरै एन्टीबडी बन्ने सम्भावना रहेको पाइएको उल्लेख गरिएको छ । यस्तै ज्वरो आएको व्यक्तिमा, ज्वरो नआएको व्यक्तिभन्दा ६.८ गुणा बढी एन्टीबडी बन्ने सम्भावना देखिएको छ ।
पोजेटिभ पुष्टि भएका ७६.२६ प्रतिशत संक्रमितलाई मात्रै कोरोना विरुद्धको एन्टीबडी विकास भएको पाइएको अध्ययनले देखाएको छ ।
उक्त अध्ययन उपत्यकाका २० अस्पतालका ८०० स्वास्थ्यकर्मीमाथि गरिएको थियो ।
अध्ययनमा १८६ जना डाक्टर, ३६३ नर्स,२२६ प्रशासनिक कर्मचारी,७६ ल्याब/फर्मा र १७३ जना अस्पतालका कर्मचारीको सहभागिता थियो । उपत्यकामा मंसिरको दोस्रो हप्तासम्म ४५.३ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको पनि अध्ययनले देखाएको छ । परिषद्का सदस्यसचिव डा.प्रदिप ज्ञवाली र ह्याम्स अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.किरणराज पाण्डे प्रमुख अनुसन्धानकर्ता हुनुन्थ्यो ।


तपाईँको अभिमत