काठमाडौं उपत्यकामा थप १२२९ लाई कोरोना
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८५८ लाई कोरोना पुष्टि भएकोमा उपत्यकाका १ हजार २२९ जना रहेका छन् । मन्त्रालयका अनुसार ९ हजार ८०५ जनाको पीसीआर परीक्षण भयो ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ रहेको छ । यस्तै १७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार २७६ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको रहेको छ । संक्रमितमध्ये होम आइसोलेसनमा २५ हजार ३४७ मा छन् । अहिले आइसियुमा ३८० र भेन्टिलेटरमा ६२ जनाको उपचार भइरहेको छ ।
तपाईँको अभिमत