छैन आज भारी वर्षाको जोखिम, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ

आज देशका केहस् स्थानमा मध्यम वर्षा र थोरै स्थानमा मात्रै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसारहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
तपाईँको अभिमत