आजको मौसम : पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

अ +
अ -
आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा र हिमपातका कारण दैनिक जीवनमा असर पर्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी स्वास्थ्य, सठक तथा हवाई यातायातमा असर पर्ने महाशाखाको भनाइ छ ।
यसैगरी अहिले सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भाग भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
तपाईँको अभिमत