कोरोनाको उपचारमा रेम्डिसिभिरको प्रयोग नगर्नु : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर औषधि प्रयोग नगर्न सुझाव दिएको छ । डब्ल्यूएचओको विज्ञ समूहले रेम्डिसिभिर औषधिले उपचार गरिएका गम्भिर प्रकृतिका संक्रमितको स्वास्थ्य अवस्थामा सुधार आएको कुनै प्रमाण नरहेको स्पष्ट पारेको हो ।
डब्ल्यूएचओको मार्गनिर्देशन विकास समूहले ७ हजार भन्दा बढी संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा स्वास्थ्यमा सुधार आउन कुनै सहयोग नपुगेको देखिएको जानकारी दिएकाे छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम अल्जजीरामा प्रकाशित समाचारअनुसार डब्ल्यूएचओको ४ वटा विज्ञ समूहले रेम्डिसिभिर औषधिको सम्बन्धमा के निष्कर्ष निकालेको छ भने, रेम्डिसिभिरले संक्रमितको मृत्युदरलाई घटाउदैन र स्वास्थ्य सुधार ल्याउन यसको कुनै प्रभावकारिता छैन ।
गएको अक्टुबरमा डब्ल्यूएचओले रेम्डिसिभिरको क्लिनिकल परीक्षणको क्रममा यसको असर न्यून देखिएको बताएको थियो । हाल नेपालसहित विश्वका धेरै देशहरुले गम्भिर किसिमका संक्रमितलाई रेम्डिसिभिरको औषधिमार्फत उपचार गरिरहेका छन् ।
कोरोना संक्रमणबाट ५ करोड ५६ लाख मानिस बिरामी भइसकेका छन् जसमध्ये ३ करोड ५८ लाख संक्रमितले कोरोना जितेका छन् भने १ लाख ३४ हजार संक्रमितको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत