टिकटक बनाउन खोज्दा नदीमा खसेर युवती वेपत्ता
टिकटक बनाउन खोज्दा नदीमा खसेर तनहुँमा एक युवतीको मृत्यु भएको छ।
शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल टिकटक बनाउने क्रममा मंगलबा दिउँसो सेती नदीमा खरेस बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जानकारी दिएको छ ।
उनका साथीलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार पवित्रा साथीहरुसँग शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेन घुम्न गएकी थिइन्। उनको ५ दिनअघि मात्रै विवाह भएको थियो । पवित्रा दुह्रान फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो संगै पढ्ने आफ्ना दुई साथीहरुसँग घुम्नका लागि पुलचोक गएका बेला टिकटक बनाउनका लागि साथीहरुसँगै नदी छेउमा रहेको ढुंगामा उभिएकी थिइन् । पवित्रा अचानक चिप्लिएर नदी खसी वेपत्ता भएकी हुन् ।
उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
तपाईँको अभिमत