स्पेनमा अत्याधिक गर्मी, ५१० जनाको मृत्यु

फाइल फोटो।
अ +
अ -
स्पेनमा तातो हावाका कारण ५०० बढीको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण चलेको तातो हावाले हालसम्म ५१० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
जुलाई १० देखि स्पेनमा अध्याधिक गर्मी सुरु भएको थियो । त्यहाँका विभिन्न ठाउँमा तापक्रम ४५ डिग्रीसम्म पुगेको छ । गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गर्मी अझै बढ्न सक्ने र त्यसबाट थपको ज्यान जानसक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
तपाईँको अभिमत