जनस्वास्थ्य विज्ञ डा.करुणा लक्ष्मी शाक्यको निधन
अ +
अ -
जन स्वास्थ्य विज्ञ डा.करुणा लक्ष्मी शाक्यको निधन भएको छ । उहाँको सोमबार ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको
सिष्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताउनुभयो । जनस्वास्थ्य विषयमा विद्याबारिधि गर्नुभएकी शाक्य अविवाहित हुनहुन्थ्यो ।
प्रिन्सिपल श्रेष्ठका अनुसार हाल डा.शाक्य नयाँ बानेश्वरस्थित सिष्ट कलेजमा एक सिसर्च कमिटीमा आवद्ध हुनुहुन्थ्यो । कलेजको कालदेखिकै उहाँ आवद्ध रहनुभएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो।
उहाँले विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराइरहनुभएको थियो।
तपाईँको अभिमत