किशोर किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु
किशोर किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को नेतृत्वमा सम्मेलन सुरु भएको हो ।
भोलीसम्म चलने अन्तर्राष्ट्रिय सम्मेलनमा देश तथा विदेशका सम्बन्धित विषयका ३०० बढी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा १५ देशका १०० घन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाल सरकार र यस क्षेत्रका अन्य मानसिक स्वास्थ्यमा काम गर्ने संस्थाहरूका साथै पाकिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, चीन लगायतका देशहरूबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था र व्यक्तिहरू सहभागी छन्।
बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एसिया नेटवर्क क्याम्सन् सन् २०२३ मा दक्षिण एसियामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्न स्थापना गरिएको थियो । जुन संस्था यस सम्मेलनको प्रमुख आयोजक हो ।
क्याम्सन्का अध्यक्ष एवं बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. अरुणराज कुँवरले सम्मेलनमा क्षेत्रीय स्तरमा मानसिक स्वास्थ्यमा भइरहेको गतिविधि, अनुसन्धानहरुका बारेमा छलफल हुने जानकारी दिनुभयो । उहाँले नेपालले बालबालिकाको मानसिक स्वास्थ्यमा राज्यले लगानी बढाउनपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा ६५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । प्रस्तुत हुने कार्यपत्रले बालबालिका तथा किशोर किशोरीमा हुने मानसिक समस्याको समाधानका लागि नीतिगत एवम् कार्यगत सुधारमा सुझाव दिन सक्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
सम्मेलनबाट मानसिक स्वास्थ्य सुधारमा सरकारले चाल्नुपर्ने कदमबारे छलफल हुनेछ ।सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्य राखेको छ ।
नेपालमा तेस्रो पटकको सम्मेलन सुरु भएको हो । यसअघि किशोर किशोरीहरूको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सन् २०१८ मा पहिलो र २०२२ मा दोस्रो पटक सम्पन्न भएका थिए ।
तपाईँको अभिमत