स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्झौता, सम्झौतामा के छ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगंगा आँखा अस्पतालबीच सम्झौता भएको छ । आइतबार सहयोग आदान–प्रदान सम्बन्धी सम्झौता भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ । तिलगंगाले उत्पादनको १० प्रतिशत लेन्स निःशुल्क उपलब्ध गराउने छ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि कर छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात भइरहेको छ । अहिलेको सम्झौताअनुसार तिलगंगाले ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा हालको रकममा छुट प्रदान गर्नेछ ।
यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ ।
तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।
तपाईँको अभिमत