एक चौथाइ मतगणना हुँदै, डा.कार्की विजयी भएको हल्ला
ललितपुर क्षेत्र नम्बर ३ मा डा.तोसिमा कार्कीले अग्रता बनाइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहनुभएकी १५,५०० हजार बढी मत गन्दा कार्की ६२६९ मत पाएर अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई एमालेका एमालेका अमृत खड्काले ४७१० मत पाएर पछ्याइरहनुभएको छ । माओवादी केन्द्रकी पम्फा भुसालले २६४९ मत पाउनुभएको छ ।
७५ प्रतिशत मत गन्न बाँकी हुँदै डा.कार्की विजयी भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । कार्कीको जित भएको भन्दै धेरैले बधाई पनि दिइसकेका छन् ।
धेरै मतगणना बाँकी हुँदै विजयीको शुभकामना आउन थालेपछि डा.कार्कीले अनावश्यक भ्रम नफैलाउन र धै¥य गर्न आग्रह गर्नुभएको छ । कार्कीले भन्नुभएको छ, खासमा ललितपुर क्षेत्र ३ मा ६१,६७८ मत खसेको छ । अहिले सम्म गणना जम्मा १५,५०० भएको छ । अझ ७५ प्रतिशत मतगणना हुन बाँकी नै छ्र
कृपया सबैजनालाई संयमित रही नतिजा पर्खन हुन आग्रह गर्दछु ।’
तपाईँको अभिमत