सप्तरीका संक्रमितको धरानमा मृत्यु
अ +
अ -
काठमाडौं । वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
उच्च रक्तचाप, मधुमेह तथा मिर्गाैलाको समस्यासमेत रहेका ३९ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोल्डेन हस्पिटल विराटनगरबाट असोज १० गते भर्ना भएका ती पुरुषको आज बिहान ३:१० मा मृत्यु भएको हो ।
तपाईँको अभिमत