देशभर ७८ कोरोना संक्रमित थपिए, ८२ जना काेराेनामुक्त
अ +
अ -
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ९६२ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ जसमध्ये २ लाख ७० हजार ४०७ निको भएका छन् । संक्रमित मृतकको संख्या २ हजार ७७४ पुगेको छ ।
समाचार सच्याइएको : (स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा प्रकाशित तथ्यांक अनुसार समाचार लेखिएकोमा केही समयपछि तथ्यांक परिवर्तन भएकाले हामीले समाचार सच्याएका छौ । यसबाट दर्शक,पाठकलाई पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ । हेल्थपाटी डटकम सही सूचना प्रवाहमा सधैँ कटिवद्ध छ ।)
सम्पादक ।
तपाईँको अभिमत