डाक्टरको आग्रह- छाड्देउ विरोध खतिवडा त्यस्ता झारपात मन्त्री

धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले स्वास्थ्य मन्त्री विरोध खतिवडाको कार्यक्षमतामा प्रश्न उठाउनु भएको छ। प्रतिष्ठानमा कार्यरत डाक्टर प्रकाशकुमार पराजुलीले मन्त्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत नटेरेको बताउनुभएको छ।
आज बिहान फेसबुकमा आफ्ना धारणा राख्दै डा.पुराजुलीले मन्त्रीले भन्दा पनि अख्तियारले मुद्दा दर्ता गर्न नमानेको अभिव्यक्ति दिनुभएको हो । ‘यो माकुनेको एकीकृत समाजवादीका मन्त्रीलाई त अख्तियारले समेत नटेर्ने रैछ’ उहाँले भन्नुभएको छ, ‘एउटा मुद्दा ठोक न यार भनेको दुई महिना भैसक्यो अख्तियारले टेरपुच्छर लाए पो।’
कसैले नटेर्ने मन्त्री भएर के बस्नु भन्दै खतिवडालाई पद छाड्न आग्रहसमेत गर्नुभएको छ ।
‘छाड्देउ विरोध खतिवडा त्यस्ता झारपात मन्त्री सन्त्री’ डा.पराजुली भन्नुहुन्छ।
डा.पराजुली वीपी प्रतिष्ठानमा भएका विकृतिको विरुद्ध अभियानमा सामेल हुँदै आउनु भएको छ ।
तपाईँको अभिमत