काठमाडौं उपत्यकामा थप ९४७ जनालाई कोरोना
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ७९० संक्रमितमध्ये ९४७उपत्यकाका छन् ।
२४ घण्टामा १० हजार ८४३ जनाको पीसीआर परीक्षण भयो । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ४ हजार ८५८ जना निको भएका छन् । २४ घण्टामा २ हजार ७९१ जनाले कोरोना जिते ।
यस्तै २४संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।
तपाईँको अभिमत