विपद्को समयमा खानेपानी र सरसफाइमा विशेष ध्यान दिऔं
अहिले देशभर पानी परिरहेको छ । सक्रिय भएको मनसुनी वर्षाका कारण धेरै स्थानमा क्षति पुर्याएको छ । यतिबेला स्वास्थ्यमा पनि विशेष ध्यान दिनपर्ने हुन्छ ।
वर्षायाममा पानी र फोहोरजन्य रोगको जोखिम उच्च रहन्छ । संक्रामक रोगको जोखिम उत्तिकै रहन्छ । वर्षायाममा ढल फुटेर मिसिँदा खानेपानीको मुहान दुषित भएको हुनसक्छ । पानीकै कारण झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) रोगको सम्भावना बढाउँछ ।
वर्षयाममा छालासम्बन्धी रोग पनि देखिन सक्छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को समयमा खानेपानी र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
विपद्को समयमा खानेपानी र सरसफाइमा ध्यान दिने तरिकाबारे मन्त्रालयले यस्तो सुझाएको छ ।
-क्लोरिन झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेको पानी मात्र पिऔं ।
- शुद्धिकरण गरेको पानी सधैं सफा भाँडामा छोपेर राखौं ।
- पानी निकाल्ने भाँडा सधैं सफा राखौं ।
-सडेगलेका,बासी र झिंगा भन्केका खानेकुरा नखाऔं ।
- काँक्रो, गाँजर, फलफुल जस्ता काँचै खान मिल्ने खानेकुरा सफा पानीले धोएर खाने गरांै ।
- खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि फोहोर धोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिचि हात धाऔं ।
- जथाभावी दिसा पिसाब नगरौं र नगराऔं । चर्पीमा मात्र दिसा पिसाब गर्ने गरौं र बच्चाको दिसालाई पनि चर्पीमानै बिसर्जन गरौं ।
- फोहोरलाई सधैं निश्चित ठाउँमा सहि तरीकाले व्यवस्थापन गरौं ।
- खोक्दा,हाछ्यु गर्दा सफा कपडाले नाक मुख छोप्ने गरौं ।
- झाडापखाला, हैजा, आउँ,निमोनिया, रुघाखोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिककाृ स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।
तपाईँको अभिमत