देशभर १ हजार ४९० कोरोना संक्रमित थपिए
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४९० कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमका अनुसार १ हजार ४९० लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख १८ हजार १६१ जना निको भएका छन् ।
यस्तै ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५३८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।
तपाईँको अभिमत