कानमा अनौठो आवाज सुनिन्छ ?– मुखको क्यान्सर हुन सक्छ !
काठमाडौं । शरीरमा अनावश्यक कोसिकाहरूको अनियन्त्रित फैलावट नै क्यान्सर हो । शरीरका विभिन्न भागमा क्यान्सर हुन सक्छ । कतिपय क्यान्सर समयमै पहिचान गर्न सके निको पार्न सकिन्छ ।
विज्ञहरूका अनुसार कानमा अनौठो आवाज सुनिन्छ भने त्यो क्यान्सरको संकेत हुन सक्छ । त्यसैले कुनै बेला कानमा अप्ठ्यारो तथा असामान्य आवाज सुनिन्छ भने त्यसलाई नजर अन्दाज गर्न हुँदैन ।
कानमा ‘टेम्पोरोम्यान्डिबुलर डिस्अर्डर’ (बंगरा दाँत र त्यस वरपरका मांशपेसीको दुखाई)सँग मिल्दोजुल्दो लक्षण कानमा हुन्छ भने त्यसलाई नजरअन्दाज गर्न नहुने विज्ञको भनाई छ । उनीहरूका अनुसार कानबाट सुरु भएको दुखाई गालातिर सर्दै जाने, कान भरिएजस्तो भएर दुख्ने, अनौठो आवाज वा झनझनाहट अथवा घण्टी बजेजस्तो आवाज सुनिन्छ भने मुखको क्यान्सर हुन सक्छ ।
यसैगरी ओठ वा मुखको घाउ निको नहुनु, मुखभित्रको मुनि सेतो रंगको धर्सा बन्नु, दाँत टुक्रिनु, मुखमा गाँठागुठी आउनु, खानेकुरा निल्नमा समस्या हुनु लगायतका लक्षण पनि मुखको क्यान्सरको हुन सक्छन् । यस्तो भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।
मुखको क्यान्सर विभिन्न कारणले हुन्छ ।
बेलायतमा गरिएको अध्ययनअनुसार ६० प्रतिशत क्यान्सर धूम्रपानका कारण हुन्छ । धूम्रपान गर्दै गरेको व्यक्तिको नजिक बस्ने व्यक्तिलाई पनि क्यान्सर हुने खतरा हुन्छ । त्यस्तै ३० प्रतिशत क्यान्सर रोगी मद्यपानबाट भएको देखिएको छ ।
तपाईँको अभिमत