पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्यूरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नरहेको पुष्टि भएको छ । भारतमा वायोप्सी, डीओटीओ एनओसी, पेट स्क्यान, इन्डोस्कोपीक लगायत परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको भट्राईले ट्वीट मार्फत जानकारी दिनुभएको छ ।
जतिसक्दो छिटो शल्यक्रिया गरि ट्युमर निकाल्नपर्ने सुझाव भने डाक्टरहरुले दिएका छन् । दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा फागुन १० गतेदेखि डा.भट्टराईको परीक्षण भइरहेको थियो ।
नेपालमा निदान अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएका भट्टराईलाई ट्युमरको अवस्थामा शंका लागेपछि भारत जान डाक्टरहरुले सुझाव दिनुभएको थियो । ट्युमरको अवस्था बुझ्नसमेत अझै विदेश जानपर्ने अवस्थाले आफुलाई लज्जाबोध भएको भट्टराईले बताउनुभएको थियो ।
तपाईँको अभिमत