स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेनै सम्हाल्नु हुने भएको छ ।
जनता समाजबादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि स्वास्थ्य मन्त्री रहनुभएका यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले असार २१ गते पदबाट राजिनामा दिनुभएको थियो ।
राष्ट्रपति पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालय आफैले सम्हाल्ने गरी राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्नुभएको थियो ।
तपाईँको अभिमत