सिरम इन्स्टिच्यूटको आगलागीमा परि ५ जनाको मृत्यु (अपडेट)
काठमाडौं । कोरोना विरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्यूटको आगलागीमा ५ जनाको मृत्यु भएको छ ।
पुणेस्थित सिरम इन्स्टिच्यूटमा लागेको आगोमा परि त्यहाँ कार्यरत ५ कर्मचारीको मृत्यु भएको पुष्टि मेयरले गर्नुभएको छ । आगो नियन्त्रणमा ल्याइएपछि इन्स्टिच्यूटको पाचौ तल्लामा ५ जनाको शव भेटिएको थियो । ६ जनाको उद्धार गरिएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकुरले घटनाबारे छानबीन हुने बताउनुभएको छ । दमकललाई इन्स्टिच्यूटमा आगो लागेको सूचना दिउसो २ : ३० बजे दिइएको थियो । आगो लाग्नुका कारण अझै पत्ता लाग्न सकेको छैन ।
आगलागी भएको प्लान्टबाट खोपको उत्पादन सुरु गरिएको थिएन । ३०० करोडको लागतमा निर्मित उक्त प्लान्टबाट केहीदिनमा नै खोपको उत्पादन सुरु गर्ने तयारी गरिएको थियो ।
कोभिशिल्ड विश्वका विभिन्न देशमा आपूर्ति भइरहेको छ । नेपाललाई अनुदानमा आएको खोप पनि सिरम इन्स्टिचयूटकै कोभिशिल्ड हो ।
तपाईँको अभिमत