तीन प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशमा कहाँ के हुन्छ ?

सोमबार दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ ।
‘कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भ–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ’, महाशाखाले भनेको छ, ‘दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
मधेश प्रदेशमा भने दिनभर मौसम सफा रहने देखिएको छ । यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
तपाईँको अभिमत